मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 10 July, 2025
सौरभ यादव राजविराज
Invalid date format १२:२६:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै राजविराज नगरपालिका

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १२:२६:oo

सप्तरीको राजविराज नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ। ज्येष्ठ नागरिकलाई बैंक तथा वित्तीय संस्थासम्म धाउन कठिन भएको भन्दै पालिकाले वडाबाटै भत्ता दिन सुरु गरेको हो।

राजविराज नगरपालिका– १५ का ८५ वर्षीय  गुजन यादवले  वडाबाट वृद्ध भत्ता बुझ्न पाएपछि स्थानीय सरकार घरआँगनमै आएजस्तो लागेको बताए। ‘भत्ता बुझ्नका लागि दुई घन्टा हिँडेर राजविराज बजारमा जानुपर्थ्याे। बुढेसकालको शरीर आउन–जानै समस्या हुन्थ्यो,’ उनले भने। अहिले नगरपालिका र जनप्रतिनिधिले गाउँबाटै भत्ता बुझ्ने व्यवस्था गरेपछि आफूलाई धेरै खुसी महसुस भएको उनले बताए।

नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनले भने, ‘नगरपालिकाले बैंकसँग समन्वय गरी सामाजिक सुरक्षा भत्ताबापत सरकारबाट आउने रकम पालिकामै ल्याएको छ। उक्त भत्ता नगरपालिकाका १६ वटा वडा कार्यालयबाट वितरण गरिरहेका छौँ।’

ज्येष्ठ नागरिकलाई बैंक तथा वित्तीय संस्थासम्म आउजाउ गर्न समस्या हुने भएकाले वडामार्फत सेवा दिएको उनले बताए।