१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२१:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

निफको प्रमुख निर्णायकमा बर्लिनका गोल्डेन बेयर विजेता प्रो. सिए फेई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२१:oo

दुईपटक बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जित्ने चाइनिज फिल्म निर्देशक तथा प्रोफेसर सिए फेई नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को फिचर फिल्म प्रतिस्पर्धातर्फ प्रमुख निर्णायकको रूपमा नेपाल आउने भएका छन्।

महोत्सव अध्यक्ष केपी पाठकले सिए फेईले निर्णायकको भूमिकासँगै फिल्म लेखन निर्देशनसम्बन्धी मास्टरक्लास पनि दिने तय भएको जानकारी गराएका छन्। मास्टर क्लासअघि उनको अन्तिम निर्देशन रहेको चलचित्र ‘सङ अफ तिब्बत’ देखाइनेछ।

बेइजिङ फिल्म एकेडेमीबाट निर्देशनमा स्नातक गरेका सिए फेईले सन् १९९० मा निर्देशन गरेको ‘ब्ल्याक स्नो’ले बर्लिनको दोस्रो ठूलो अवार्ड ‘सिल्भर लाइन’ जितेको थियो भने यसको तीन वर्षपछि उनैले निर्देशन गरेको ‘वुमन सिसम ओइलमेकर’ले बर्लिनको मुख्य अवार्ड ‘गोल्डेन बेयर’ जितेको थियो। सन् २००० मा ‘सङ अफ तिब्बत’ निर्देशन गरेयता उनले कुनै पनि फिल्म निर्देशन गरेका छैनन्।

बेइजिङ फिल्म एकेडेमीका पूर्वउपाध्यक्षसमेत रहेका सिए फेई सन् १९८० देखि निरन्तर प्राध्यापनमा संलग्न छन्। अहिले विश्व सिनेमामा नाम बनाएका चेन काई, तिआन् झाङझुङ, झाङ यिमाऊ, जिया जाङके सिए फेईकै विद्यार्थी हुन्। ८० वर्षको उमेर पार गरेका सिए फेई अहिले पनि नयाँ पुस्ताका चलचित्रकर्मीका लागि आर्ट कन्सल्टेन्टको रूपमा काम गर्छन्।

आगामी चैत १ देखि सुरु हुने यस संस्करणको निफमा ४० देशका ८८ वटा लामा, छोटा तथा वृत्तचित्र प्रदर्शन हुनेछन्। प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तर्क्रिया आयोजना गरिने आयोजकले जनाएको छ।