१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख १७ सोमबार १८:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पुनर्वासमा सैनिक फुटबल प्रतियोगिता सुरु 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १८:२६:oo

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा अरनिको सैनिक फुटबल प्रतियोगिता सुरु भएको छ। अरनिको युवा क्लबको आयोजनामा आइतबारदेखि छैटौँ अरनिको सैनिक फुटबल प्रतियोगिता सुरु भएको हो।

पुनर्वास नगरपालिका– २ अरनिको खेल मैदानमा सुरु प्रतियोगिताको पूर्वखानेपानीमन्त्री एवं माओवादी केन्द्रकी नेतृ विना मगरले उद्घाटन गरेकी छिन्।

प्रतियोगिता उद्घाटन गर्दै पूर्वमन्त्री मगरले प्रतियोगिताबाट खेलकुद क्षेत्रको वृद्धि विकास हुने बताइन्। ग्रामीण भेगमा सञ्चालन हुने प्रतिभा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म राज्यको सहयोग आवश्यक हुने भन्दै उनले आफूले समेत खेलकुद विकासका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरिन्।

अरनिको युवा क्लबका अध्यक्ष जितबहादुर तामाङका अनुसार जिल्लाकै सर्वाधिक धनराशिको खुला फुटबल प्रतियोगिताको छैटौँ संस्करको विजेताले नगद २ लाख ६० हजार र उपविजेताले १ लाख ३० हजार प्राप्त गर्नेछ। 

प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, फरवार्ड, फेयर प्लेयर र उदयमान खेलाडीलाई जनही ५ हजार रकम तथा प्रतियोगिताभरकै उत्कृष्ट एक खेलाडीलाई नगद १० हजार प्रदान गरिनेछ। प्रतियोगिताको मुख्य प्रायोजकमा प्रकाश दाहाल स्मृति प्रतिष्ठान रहेको छ भने सहप्रायोजकमा काठमाडौंको विज्ञान एसआर म्यानेजमेन्ट प्रालि रहेको छ।

नेपाली सेना र नेपाल प्रहरीको विभागीय टिमसहित १८ टिमबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटनका दिन भने आयोजक र पुनर्वास नगरपालिकाबीच मैत्रीपूर्ण खेल भएको छ।
 

ad
ad