मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १६:o५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

उत्तरी सुमात्रामा पहिरो, तीनको मृत्यु, १३ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o५:oo

उत्तरी सुमात्राको तपानुलीमा राजमार्गमा पहिरो खस्दा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । पहिरोले झन्डै १२ घन्टासम्म राजमार्ग अवरुद्ध भएको छ ।

राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले आइतबार जनाएअनुसार शनिबार साँझ ५ बजे तरुटुङ–सिबोल्गा राष्ट्रिय सडकमा ट्राफिक जामबीच सडकको छेउमा रहेको भिर अचानक खस्दा सो दुर्घटना भएको हो । 

एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले दुर्घटनामा सातजना सामान्य घाइते भएको र अन्य ६ जनाको अवस्था गम्भीर रहेको जानकारी दिए । पहिरोले एउटा घर, पाँचवटा मिनीबस, एउटा लजिस्टिक ट्रक र केही मोटरसाइकलमा पनि क्षति पुर्‍याएको छ । (रासस/सिन्ह्वा)