१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
रासस दाङ
२o८१ बैशाख १७ सोमबार १२:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ

Read Time : < 1 मिनेट
रासस, दाङ
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:२६:oo

दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीलाई २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।

नेपालगन्जबाट श्रीमती आएकी छिन् भनी शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको सहिदगेटस्थित सुपरलज होटेलको कोठा नम्बर १ मा वास बसेका थिए।

आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। श्रीमती र छोराको हत्यापछि उनी आफैँ प्रहरी कार्यालयमा उपस्थित भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मल्लले बताए। नेपालीको घर रुन्टिगढी गाउँपालिका– ९, रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो।

मल्लका अनुसार नेपाली लामो समय नेपालगन्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए। उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए। उनले प्रहरीमा जागिर खाएको १० वर्ष भइसकेको मल्लले बताए। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ad
ad