Skip This
वर्षा गराउने पश्चिमी वायु पुन: सक्रिय : आज देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २१ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ २१ आइतबार o६:२१:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वर्षा गराउने पश्चिमी वायु पुन: सक्रिय : आज देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ २१ आइतबार o६:२१:oo

हिउँदे वर्षा गराउने जलवाष्पयुक्त हावा बोकेको पश्चिमी वायु पुनः सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रवेशसँगै शनिबार साँझदेखि चिसो हावा चल्न थालेको र आइतबार देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना छ ।

आइतबार देशैभर बदली भए पनि सुदूरपश्चिम र कर्णालीका धेरै क्षेत्रमा वर्षा हुने महाशाखाको प्रक्षेपण छ । त्यस्तै, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा तथा बागमतीका थोरै स्थान र बाँकी क्षेत्रको पहाडी भागमा छिटपुट वर्षाको सम्भावना छ । ‘काठमाडौं उपत्यकामा बादल लागेर छिटफुट वर्षासम्म हुन सक्छ, ठूलो वर्षाको सम्भावना भने छैन,’ मौसमविद् गोविन्द झाले भने । 

तराई क्षेत्रमा पश्चिमबाट लुम्बिनीसम्म वर्षा भए पनि त्यहाँदेखि पूर्वतिर भने सम्भावना नरहेको महाशाखाले जनाएको छ । त्यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । सोमबार साँझदेखि भने पश्चिमी वायु कमजोर हुने आकलन गरिएको छ ।

यसअघि बुधबार प्रवेश गरेको पश्चिमी वायुले बिहीबार पश्चिम नेपालमा वर्षा र हिमपात गराएको थियो । मध्य र पूर्वी नेपालसम्म आइपुग्दा वायु कमजोर भएको थियो ।