मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २० शनिबार
  • Saturday, 22 March, 2025
नयाँ पत्रिका महोत्तरी
२o८o माघ २० शनिबार १३:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

गौशाला वितरण केन्द्रले ६ महिनामा उठायाे पाँच करोडभन्दा बढी राजस्व 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
नयाँ पत्रिका
२o८o माघ २० शनिबार १३:५४:oo

नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्र (महोत्तरी)ले छ महिनामा रु. पाँच करोड बढी राजस्व संकलन गरेको छ। 

चालू आर्थिक वर्ष ०८०/८१ को छ महिनाको अवधिमा उक्त केन्द्रले रु. पाँच करोड २३ लाख २२ हजार सात सय ६८ राजस्व संकलन गरेको हो। 

उक्त अवधिमा केन्द्रले विद्युत् चुहावट रोक्न अनुगमन बढाएको जनाइएको छ। विद्युत् चोरी जरिवाना, पुनःलाइन जडान र नयाँ ग्राहकबाट उक्त रकम संकलन भएको हो। 

६ महिनामा दुई सय ९७ विद्युत् चुहावटका घटना फेला परेर कारबाही गरिएको कार्यालयले जनाएको छ। यो कारबाहीबाट रु. २७ लाख ८४ हजार एक सय ७७ राजस्व संकलन भएको कार्यालय प्रमुख जगन्नाथ झाले जानकारी दिए। 

सोही अवधिमा समयमा विद्युत् महसुल नबुझाएर लाइन काटिएका चार सय ८८ सेवाग्राहीको लाइन पुनःजोडिदा रु. तीन करोड ८१ लाख १२ हजार आठ सय ७६ राजस्व संकलन भएको छ। 

सोही अवधिमा सेवा क्षेत्रका चार सय २४ सेवाग्राहीको नयाँ लाइन जडान गरिँदा रु. एक करोड १४ लाख २५ हजार सात १५ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। 

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये उत्तरी क्षेत्रमा गौशाला र दक्षिणी भेगमा जलेश्वर वितरण केन्द्रले सेवा दिँदै आएका छन्। गौशाला वितरण केन्द्रका सात स्थानीय तह सेवा क्षेत्र हुन्।

पछिल्ला केही वर्षयता विद्युत् चोरी (चुहावट) का घटना बढेपछि अभियानकै रूपमा अनुगमन बढाइएको कार्यालय प्रमुख झाले बताए। यस अभियानमा विद्युत् चोरी रोक्न कारबाहीसँगै सेवाग्राहीलाई विद्युत् चुहावट नगर्न सचेतना अभियान सञ्चालन गर्दै आइएको केन्द्रले जनाएको छ।