मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रक्तदानको सामाजिक धारणाबारे सर्भे रिपोर्ट सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४३:oo

रक्तदानबारे सामाजिक धारणा विषयक सर्भे रिपाेर्ट सार्वजनिक भएको छ। सरस्वती बहुमुखी क्याम्पस, समाजशास्त्र विभागले तयार पारेको रिपाेर्ट शुक्रबार थापाथलीस्थित मार्टिन चौतारीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

झकेन्द्र घर्तीमगर, महेशराज महर्जन, नवीन आचार्य, भीमराज सिग्देल, नारायणी देवकोटा र नमिता पौडेलको समूहले रक्तदानबारे विद्यार्थीमा रहेको ज्ञान र अनुभवलाई समेटेर रिपाेर्ट तयार गरेको हो।

अध्ययनका क्रममा सामाजिक विशेषता र समावेशिताका आधारमा विद्यार्थी, प्राध्यापक र आदिवासी–जनजाति समुदायका गरी तीन सय ६३ जनालाई नमुनाको रूपमा लिइएको थियो। यस क्रममा चिकित्सा क्षेत्रसँग सम्बन्धित ९३ र त्यसबाहेकका दुई सय ७० जनालाई सहभागी गराइएको रिपाेर्टमा उल्लेख छ। रिपाेर्टमा १६ देखि ६० वर्ष उमेर समूहलाई नमुनाको रूपमा लिइएको थियो। अध्ययनका क्रममा काठमाडौं र कास्की तथा तनहुँ र मकवानपुरका ग्रामीण बस्तीलाई नमुना क्षेत्रका रूपमा लिइएको थियो।

रिपाेर्टले नेपालमा रक्तदानको दर न्यून रहेको, अत्यावश्यक अवस्थामा बाहेक रक्तदान गर्न तयार नरहेको, रक्तदान गर्दाका असर र फाइदाबारे जानकारी नभएको, सामाजिक चेतनाको अभाव, रक्तदानका लागि उत्प्रेरणा बढाउन नसकिएकोलगायतका विषय औँल्याएको छ। रिपाेर्ट विश्व रक्तदाता अर्जुन मैनालीको सहयोगमा तयार गरिएको थियो।