१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o७:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

ललितपुर महानगरवासीले मोबाइल एपमार्फत गुनासो गर्न सक्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:५९:oo

ललितपुर महानगरपालिकाले नगरवासीको गुनासो तथा समस्या समाधानका लागि मोबाइल एप सुरु गरेको छ । नगरपालिकासँग सम्बन्धित २१ प्रकारका समस्या भए नगरवासीले तुरुन्तै ‘एलएमसी अलर्ट’ एपमार्फत नगर प्रहरीलाई खबर गर्न सक्नेछन् । एपको उद्घाटन बिहीबार ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले गरेका हुन् । 

उक्त अवसरमा मेयर महर्जनले ललितपुरलाई स्मार्ट सिटी बनाउन थप एक कदम सफलता मिलेको जानकारी दिए । ‘हामीले ललितपुरलाई स्मार्ट सिटीका रूपमा विकास गर्दै आइरहेका छौँ, अब सिंगो ललितपुर महानगरलाई नै थप स्मार्ट बनाउँदै लैजाने क्रममा मोबाइल एप निर्माण गरेका छौँ,’ उनले भने, ‘अब ललितपुर महानगरपालिकासँग सम्बन्धित सबै गुनासा, समस्या, जानकारी र सेवा यही एपबाट लिन सकिनेछ ।’

मोबाइल एपबाट ललितपुर महानगरपालिकासँग सम्बन्धित सबै किसिमका सेवा लिन सकिनेछ । एम्बुलेन्स सेवा, दमकल सेवा, ढल निकास सेवा, शववाहन सेवा, फोहोरमैला व्यवस्थापलगायत सेवा लिन चाहेमा मोबाइल एपबाट नगर प्रहरीलाई खबर गर्न सकिनेछ । यस्तै, अनधिकृत पार्किङ, विनास्वीकृति बनेका संरचना, लैंगिक हिंसा, शैक्षिक संस्थामा हुने समस्या, सडकबत्ती, फुटपाथ, विपत्, कालोबजारी, बाढीपहिरोलगायत समस्या भए पनि तुरुन्तै मोबाइल एपबाट नगर प्रहरीलाई जानकारी दिन वा बोलाउन सकिनेछ । यो मोबाइल एपबाट गुनासो गर्ने मानिसको लोकेसनसमेत नगर प्रहरीकहाँ पुग्छ ।

ad
ad