Skip This
ढोरपाटनमा बिहानैदेखि हिमपात 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १८ बिहीबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
२o८o माघ १८ बिहीबार १२:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ढोरपाटनमा बिहानैदेखि हिमपात 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ १८ बिहीबार १२:३६:oo

बागलुङको माथिल्लो क्षेत्रमा यस वर्ष दोस्रो हिमपात भएको छ। बुधबार साँझदेखि मौसम परिवर्तन भएसँगै आज बिहानैदेखि हिमपात सुरु भएको हो।

हिमपातले ढोरपाटन उपत्यका सेताम्य बनेको छ। बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातिहाल्नेमा पनि हिमपात भएको निसीखोला गाउँपालिका– ६ का स्थानीय ओमबहादुर घर्तीमगरले जानकारी दिए।

बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा यस वर्ष दोस्रोपटक हिमपात भएको हो। बिहानैदेखि परेको हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय स्थानीय गंगाबहादुर भण्डारीले जानकारी दिए। 

हिमपातले गर्दा ढोरपाटनदेखि बेँसी झर्नका लागि समस्या भएको भण्डारीले बताए। उनले भने, ‘हिजोदेखि मौसम निकै चिसो थियो, पानी पनि पर्न सकेको थिएन, घाम पनि लागेको थिएन, राति अलिअलि पानी पर्‍यो र एकैछिनमा हिउँ पर्‍यो, अहिले निकै चिसो छ, चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न सकिँदैन, अब घाम लाग्यो भने मात्रै घर र गोठको काम गर्न सकिन्छ।’

गत मंसिर १८ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा यस वर्ष पहिलोपटक हिमपात भएको थियो। त्यसयता सामान्य वर्षासमेत हुन सकेको थिएन। लामो समयदेखि वर्ष नहुँदा किसानले लगाएका गहुँ, जौ बारीमै मर्न थालेका थिए। यो वर्षाले किसानका लागि राहत मिलेको स्थानीय प्रेमबहादुर घर्तीमगरले बताए। यो सिजनमा किसानलाई वर्षाको निकै आवश्यकता रहेको उनको भनाइ छ।