Skip This
नेपाल एपिएफ स्कुलले मनायाे चौथो स्थापना दिवस
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o९:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल एपिएफ स्कुलले मनायाे चौथो स्थापना दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२३:oo

एपिएफ स्कुल कोहलपुरको स्थापना तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । बाँकेको कोहलपुरमा अवस्थित नेपाल एपिएफ स्कुलले चौथो स्थापना तथा अभिभावक दिवस मनाएको हो । 

कार्यक्रममा विद्यार्थीले मार्चपाससहित विविध पहिचानसहितको सांस्कृतिक कार्यक्रम पनि देखाएका थिए । उत्कृष्ट विद्यार्थी, कर्मचारी र शिक्षकलाई पुरस्कार तथा प्रशंसापत्रसमेत वितरण गरिएको थियो ।

यस कार्यक्रममा विद्यार्थीका अभिभावक भूपू सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरू, राष्ट्रिय सेवादल कौशिलानगरका प्रमुख, जिप्रका बाँकेका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बल नेपालका विभिन्न गणका गणपति, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रनाउ, कोहलपुर नगरपालिकाका प्रतिनिधि, विद्यालय समादेशक, विद्यालयका प्रधानाचार्य तथा शिक्षक, शिक्षिकालगायतको उपस्थिति रहेको थियो।