१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेविसंघले इथिकल ह्याकाथन, स्टार्टअप फेस्ट र मुटकोर्ट प्रतियोगिता गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१७:oo

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले इथिकल ह्याकाथन, स्टार्टअप फेस्ट र मुडकोर्ट प्रतियोगिता गर्ने भएको छ। अन्तर्राष्ट्रियस्तरको ‘रोबोटिक वार’ समापनसँगै नेविसंघले यस्तो घोषणा गरेको हो।

अध्यक्ष दुजाङ शेर्पाले रचनात्मक र समयसापेक्ष प्रविधिमैत्री कार्यक्रमलाई प्राथमिकतामा राखेर यस्ता प्रतियोगिताको तयारी थालिएको बताए। प्रतियोगिताको समय भने छिट्टै तोकिने उनले जानकारी दिए।

सोमबार सम्पन्न ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स’ नामक रोबोटिक वारमा नेपालले स्वर्ण पदक जितेको थियो। प्रतिस्पर्धामा नेपाल, भारत र बंगलादेशका गरी १४ समूह सहभागी थिए।

प्रतियोगितामा भारतको रोबोटले दोस्रो स्थान हासिल गरेको थियो। प्रतियोगी समूहले आफैँले आविष्कार गरेको मानव नियन्त्रित रोबोटहरू एकआपसमा भिडाई उक्त रोबोटहरूको डिजाइन, गतिशीलता, आक्रमण र प्रतिरक्षा गर्ने क्षमताको प्रदर्शन गरेका थिए।

१३ माघमा अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेको प्रतियोगिताको समापन परराष्ट्रमन्त्री एनपी साउदले गरेका थिए।