Skip This
गोलघरलाई केपी ओली राष्ट्रिय संग्रहालय घोषणा गर्न माग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १६ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ १६ मंगलबार १६:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोलघरलाई केपी ओली राष्ट्रिय संग्रहालय घोषणा गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ १६ मंगलबार १६:o३:oo

केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेको गोलघरलाई केपी शर्मा ओली राष्ट्रिय संग्रहालय घोषणा गर्न माग गरिएको छ।

अन्वेषण केन्द्र काठमाडौंले मंगलबार आयोजना गरेको ‘संसदमा केपी शर्मा ओली’ ग्रन्थ लोकार्पण कार्यक्रममा आयोजकले गोलघर र त्यसले ओगटेको क्षेत्रलाई केपी शर्मा ओली राष्ट्रिय संग्रहालय घोषणा गर्न माग गरेको हो।

गोलघरमा ओलीले पञ्चायतविरुद्धको संघर्षमा १४ वर्ष जेलजीवन व्यतीत गरेका थिए। ग्रन्थका सम्पादक सानुमैया खड्काले गोलघरलाई केपी शर्मा ओली राष्ट्रिय संग्रहालय घोषणा गर्न माग गरेकी हुन्।

उनले बिपी कोइरालाले सात वर्ष सुन्दरीजलमा जेलजीवन बिताउँदा बिपी संग्रहालय घोषणा हुन सक्छ भने पञ्चायतविरुद्ध जनता र प्रजातन्त्रका लागि १४ वर्ष कठोर जेलजीवन बताएका नेपाली राजनीतिका शीर्ष व्यक्तित्व ओलीको नाममा गोलघरलाई ओली संग्रहालय बनाउन सकिने तर्क राख्दै माग गरेकी थिइन्।

ग्रन्थको लोकार्पण पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन्। सम्पादक खड्काले संसदमा केपी शर्मा ओलीका सम्बोधनमा प्रयुक्त प्रतीक र विम्ब शीर्षकमा विधावारिधिका लागि शाेध गरेकी छिन्। त्यसक्रममा ओलीले ०४८ देखि ०७४ सम्म संसदमा गरेको सम्बोधनलाई शोधार्थी खड्काले पुस्तकाकारको रूप दिएकी छिन्। पुस्तकमा ओलीले संसद् बैठकमा भाग लिँदा सम्बोधन गरेको एक सय ७३ वटा सम्बोधन समेटिएको छ।

कार्यक्रममा सहप्राध्यपक डा. हेमनाथ पौडेल, डा. कल्याण रोक्कालगायतले ओलीको राजनीतिक, सामाजिकसहित बहुआयामिक व्यक्तित्वका साथै कृतिमाथि समीक्षा राखेका थिए।