१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १५:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बंगलादेशका परराष्ट्रमन्त्रीलाई नेपालको पत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १५:१७:oo

परराष्ट्रमन्त्री एनपी साउदले बंगलादेशका समकक्षी हसन महमुदलाई बधाई चिठी पठाएका छन्।

बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले परराष्ट्रमन्त्री हसनलाई सोमबार चिठी हस्तान्तरण गर्दै प्रधानमन्त्री शेख हसिना नेतृत्वको वर्तमान सरकारसँग नेपालले मिलेर काम गर्ने इच्छा व्यक्त गरेका छन्।

राजदूत भण्डारीले २३ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बंगलादेशकी समकक्षी हसिनालाई पठाएको बधाई चिठीको पनि त्यसक्रममा उल्लेख गरेका छन्।

राजदूत भण्डारीले दुई देश र जनताको पारस्परिक हितका लागि बंगलादेशको नेतृत्वसँग मिलेर काम गरिरहने नेपाल सरकारको प्रतिबद्धता सुनाएका छन्। ‘भेटमा नेपाल–बंगलादेशबीचको आर्थिक सहयोगलाई थप मजबुत बनाउने उपायबारे विचार आदान–प्रदान भएको छ,’ ढाकास्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

परराष्ट्रमन्त्री हसनले यसअघि नेपाल भ्रमण गरेको स्मरण गर्दै दुई देशबीच द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको भन्दै यसप्रति खुसी व्यक्त गरे। उनले व्यापार, पर्यटन, ऊर्जा, जलवायु परिवर्तन र जनस्तरको सम्पर्कका क्षेत्रमा रहेको सम्भावनालाई सदुपयोग गर्नुपर्ने पनि राजदूत भण्डारीलाई बताए।

‘हामीले ऊर्जा व्यापार अघि बढाउन मिलेर काम गर्नुपर्छ, छलफललाई तीव्रता दिनुपर्छ,’ परराष्ट्रमन्त्रीको भनाइ थियो। 
राजदूत भण्डारीले द्विपक्षीय संलग्नताको बढ्दो गतिमा प्रकाश पार्दै व्यापार, ऊर्जा, कनेक्टिभिटी, शिक्षा र पर्यटनजस्ता क्षेत्रमा ठोस प्रगति गर्नुपर्नेमा जोड दिएका छन्। नेपालले आगामी जुलाईदेखि करिब ४० मेघावाट जलविद्युत् निर्यात गर्ने तयारी छ। 

भेटमा बंगलादेशको परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो। नेपाली दूतावासका मिसन उपप्रमुख ललिता सिलवाल र द्वितीय सचिव योजना बम्जन पनि सहभागी थिए। 
 

ad
ad