Skip This
पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयाघातबाट निधन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयाघातबाट निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५४:oo

पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयाघातबाट निधन भएको छ।

उनको शव कलंकीको नेसनल हस्पिटलमा राखिएको छ। घरमै हृदयाघात भएका उनलाई एट्याक आएलगत्तै आज बिहान उपचारका लागि अस्पताल लगिएकाे थियाे। तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। 

५६ वर्षीय मरासिनी सरुवा भएर दुई दिनअघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए। उच्च अदालतले आज सबै पेसी स्थगित गरेको छ। यसबारे पाटन उच्च अदालतमा बुझ्दा एक अधकारीले भने, ‘हामीले यो अप्रिय खबर सुन्यौँ। अस्पताल जाँदै छौँ।’ 

न्यायपरिषद्ले गत १८ पुसमा उच्च अदालतमा रिक्त रहेको ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियाे। रौतहट जिल्ला अदालतबाट उनी उच्चमा भर्खर बढुवा भएर उच्च अदालत आएका थिए। उनको आजै उच्च अदालतमा एकल इजलास र न्यायाधीश चन्द्रमणि ज्ञवालीसँग संयुक्त इजलास तोकिएको थियो।