१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १९:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्वास्थ्य बिमा गरेकाले निःशुल्क औषधि नपाएको गुनासो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १९:४o:oo

स्वास्थ्य बिमा गरेकाहरूले सरकारले निःशुल्क उपलब्ध गराउने औषधि नपाएको गुनासो गरेका छन्। स्वास्थ्य बिमा गरेकाहरूलाई राज्यले विभिन्न प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने गर्छ। तर, यहाँका सेवाग्राहीले पछिल्लो समय औषधिहरू पाउन छाडेको गुनासो गर्न थालेका छन्। 

चन्द्रनिगापुरस्थित सरकारी अस्पतालमा स्वास्थ्य विभाग गराएका सर्वसाधारणले सरकारी अस्पतालबाट तोकिएको औषधि नपाएको गुनासो गरेका हुन्। स्वास्थ्य बिमा गरेकाहरूलाई सरकारले विभिन्न प्रकारका औषधि तथा विभिन्न प्रकारको चेकजाँचमा विशेष छुट दिँदै आएको छ। 

स्वास्थ्यकर्मीहरूले भने स्वास्थ्य बिमा गरेकाहरूले केन्द्रीय अस्पताल तथा अन्य ठूला सरकारी अस्पतालमा रेफर लेख्ने र त्यहाँबाट लेखिएको औषधि चन्द्रनिगापुरस्थित सरकारी अस्पतालमा माग्ने गरेका कारण समस्या परेको बताएका छन्।

जहाँ लेखिदियो त्यहीबाट औषधि लिनुपर्ने भए पनि सर्वसाधारणले बाहिर गएर औषधि लेखाएर चन्द्रनिगापुरस्थित सरकारी अस्पतालबाट औषधि माग गर्ने गरेका कारण समस्या भएको डा. अभिनन्दन श्रीवास्तवले बताए।

स्वास्थ्य बिमा गरेका सर्वसाधारणहरूले चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालले औषधि बाहिरबाट किन्नू भन्दै पठाउने गरेको गुनासो गरेका छन्। चन्द्रपुर नगरपालिका– ८ का स्वास्थ्य बिमा गरेका स्थानीय पुष्पलाल तिमल्सिनाले चन्द्रनिगापुरस्थित सरकारी अस्पतालले स्वास्थ्य बिमा गरेका बिरामीलाई समेत औषधि बाहिर किन्नू भन्दै लेखेर पठाउने गरेको गुनासो गरे।

चन्द्रनिगापुरस्थित सरकारी अस्पतालबाट स्वास्थ्य बिमा गरेका सर्वसाधारणलाई एक्सरे गर्नसमेत समस्या परेको र एक्सरे गर्नसमेत बाहिर जानू भन्दै पठाउने गरेको उनीहरूको गुनासो छ। 

चन्द्रनिगापुरमा रहेको सरकारी अस्पतालमा रहेको एक्सरे मेसिनले एक दिनमा १० वटा मात्र एक्सरे गर्ने भएका कारण आफूहरूले बाध्य भएर स्वास्थ्य बिमा गरेका सर्वसाधारणलाई निजी स्वास्थ्य केन्द्रमा पठाउनुपरेको एक स्वास्थ्यकर्मीले बताए।

सरकारले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने बताउँदै आएको भए पनि रौतहट जिल्लामा स्वास्थ्य बिमा गरेका सर्वसाधारणले सरकारले तोकेको निःशुल्क औषधि पाउन सकेका छैनन्। 

रौतहटका स्वास्थ्य संस्थामा स्थानीय पालिकाहरूले औषधि समयमा नकिनेर दिएका कारणसमेत सर्वसाधारणले समयमा औषधि पाउन नसकेको गुनासो बढ्दै जान थालेको छ।

जिल्लाको वृन्दावन नगरपालिकामा विगत लामो समयदेखि पालिकाले औषधि खरिद गरेर नदिएका कारण सो स्थानका सर्वसाधारणले सरकारले तोकेको निःशुल्क औषधिसमेत पाउन छाडेका छन्।

सरकारले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउँदै लैजाने भन्दै विभिन्न कार्यक्रम ल्याएको भए पनि रौतहटमा स्वास्थ्य बिमा गरेकाहरूले नै औषधि निःशुल्क रूपमा पाउन नसकेको स्थानीय अच्युत हुमागाई‌ंको भनाइ रहेको छ। सरकारले स्वास्थ्य बिमा गरेकाहरूलाई समस्यामा पारेको हुमागाईंको आरोप छ। 

स्वास्थ्य बिमा गरेकाहरूलाई सरकारले निःशुल्क रूपमा औषधि तथा उपचार गर्ने भनेको भए पनि पछिल्लो समय रौतहट जिल्लामा स्वास्थ्य बिमा गरेकाहरूलाई नै सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क रूपमा औषधिसमेत पाउन छाडेको हुमागाईंले गुनासो गरे।

ad
ad