१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
फाइल तस्बिर
रासस सिमरा
२o८१ बैशाख २१ शुक्रबार १८:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
रासस, सिमरा
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:२५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताएका छन्।

बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकन भ्रमणपश्चात् स्थानीय व्यवसायीसँग सोमबार अन्तर्क्रिया गर्दै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए।

‘निजी क्षेत्रलाई संलग्न नगराई सेज परियोजना सफल हुँदैन, सरकार निजी क्षेत्रको साथमा छ,’ प्रधानमन्त्रीले भने, ‘रुग्ण उद्योग सञ्चालन हुन्छन्, विशेष आर्थिक क्षेत्रलाई महत्व दिएर निजी–सरकारी साझेदारीमा उद्योग सञ्चालन गर्नुपर्छ।’

‘सेज’ले उत्पादन र निर्यात प्रवर्द्धनमा सहयोग पुर्‍याई देशलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे।

ad
ad