मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धरहराकाे पार्किङ भवनमा आइतबारदेखि निःशुल्क पार्किङकाे व्यवस्था

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o९:oo

न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौं महानगरपालिकाले धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा पार्किङ सेवा उपलब्ध गराउने भएको छ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार  आइतबारदेखि धरहरा पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङको व्यवस्था गरिएको हो।

‘यसअघि काठमाडौं टावर (साबिक पुरानो बसपार्क)मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइसकिएको छ,’ उनले भने, ‘सरोकारवालासँगको समन्वयमा भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेका हौँ।’

पाण्डेका अनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ। संरचनागत रूपमा यो नेपालकै ठूलो पार्किङ संरचना रहेको महानगरले जनाएको छ।