मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १५:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्छौँ : वर्षमान पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o७:oo

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रिय सभा निर्वाचन परिणामपछि कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन्।

गृहजिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरूलाई प्रशिक्षण दिँदै पुनले कांग्रेसले आफूहरूको विश्वास गुमाएको टिप्पणी गरे।

हरेकपटकका निर्वाचनमा आफूहरूले कांग्रेसलाई इमान्दारीपूवर्क मत दिने, तर कांग्रेसबाट धोका खाने क्रम दोहोरिँदै आएको उनको भनाइ थियो।

‘कोशी प्रदेशको राष्ट्रिय सभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ। कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौँ,’ पुनले भने, ‘कांग्रेससँगको गठबन्धनले राजनीतिक रूपमा हामीलाई घाटा या नाफा के छ? हामी हरेक चुनावमा इमानदार भएर कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ?’

यसअघि विभिन्न प्रकरणमा कांग्रेस नेतृत्वले पार्टीभित्रको गुटबन्दी र शक्ति संघर्षलाई कारण देखाउने गरेको भन्दै पुनले योपटक त्यत्तिले मात्र नपुग्ने प्रस्ट पारे। पुनले दुई वर्षअघि पनि कोशीबाट राष्ट्रिय सभामा जसपा उम्मेदवारलाई कांग्रेसले भोट नदिएर बेइमानी गरेको स्मरण गरे। यस्तै, शीर्ष नेतृत्व तहमा भएको समझदारीविपरीत एमालेसँगको गठजोडमा केदार कार्कीलाई कोशीको मुख्यमन्त्री बनाएर पनि कांग्रेसले धोका दिएको पुनले बताए।

उपमहासचिव पुनले आफूभित्रको अराजकता र अराजनीतिक प्रवृत्तिको समीक्षा गर्न कांग्रेस नेतृत्वसँग माग पनि गरेका छन्। कांग्रेसबाट कोशीमा भएको धोकाबारे सत्तागठबन्धनको बैठकमा छलफल हुने उनको भनाइ छ।

बिहीबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको थियो। सिटौला विजयी भए पनि कार्की भने एमालेकी रुक्मिणी कोइरालासँग पराजित भइन्।