मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १२:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानद्वारा भैरहवाका दुई विद्यालयलाई भवन हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२१:oo

लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले भैरहवामा रहेका दुई विद्यालयलाई भवन हस्तान्तरण गरेको छ।

प्रतिष्ठानले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ८ नारायणस्थानस्थित श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयलाई पाँचकोठे भवन हस्तान्तरण गरेको हो। ६५ लाख २५ हजार रुपैयाँको लागतमा विद्यालयमा आवश्यक फर्निचरसहितको निर्मित एकतले भवन हस्तान्तरण गरिएको प्रतिष्ठानका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले बताए।

यसैगरी, सिद्धार्थनगर नगरपालिका– ९ स्थित श्री भानु माध्यमिक विद्यालयलाई दुईवटा व्यावसायिक सटरसहितको भवन हस्तान्तरण गरिएको छ। कुन्तीदेवी न्यौपाने र स्वर्गीय लीलाराम न्यौपानेका छोरा विष्णुप्रसाद न्यौपानेले रु. १० लाखको लागतमा निर्माण गरिएको भवन विद्यालयलाई हस्तान्तरण गरेकाे प्रधानाध्यापक मोतीलाल सुवेदीले जानकारी दिए।

प्रतिष्ठानको संरक्षक कुन्तीदेवी न्यौपानेको सहस्रचन्द्र दर्शन (चौरासी पूजा)को अवसर पारेर प्रतिष्ठानले निर्माण गरेको भवन विद्यालयलाई हस्तान्तरण गरिएको न्यौपानेले बताए। कार्यक्रममा बोल्दै विष्णुप्रसाद न्यौपानेले बुवा स्व. लीलाराम न्यौपानेले स्थापनाकालदेखि नै विद्यालयका लागि केही गर्नुपर्छ भन्ने सोचका साथ सहयोग गरेकाे बताए।

रुपन्देहीमा झन्डै २९ वटा विद्यालयमा कुनै न कुनै रूपमा सहयोग गरिएको न्यौपानेले जानकारी दिए। ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्नुपर्छ। विशेष गरी सरकारी विद्यालय र सरकारी अस्पतालमा नै सहयोग गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ न्यौपानेले भने। गत वर्ष प्रतिष्ठानले तीन करोड बढीको लागतमा भीम अस्पतालको आकस्मिक कक्ष निर्माण गरेर हस्तान्तरण गरेको थियो।