१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १७:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मोरङमा भेटिएको हिमचितुवा ललितपुर ल्याइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:१५:oo

मोरङको उर्लाबारी नगरपालिकामा भेटिएको हिमचितुवा ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना ल्याइएको छ। उर्लाबारी– १ को चारघरेमा माघ ९ गते भेटिएको उक्त वयस्क भाले हिमचितुवा शुक्रबार ललितपुर ल्याइएको हो।

वन सुरक्षा शाखा मंगलबारे, इलाका प्रहरी कार्यालय उर्लाबारी, सबडिभिजन वन कार्यालय मंगलबारे, कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय सुनसरी र राष्ट्रिय प्रकृति संरक्षण कोष कोशीटप्पु संरक्षण केन्द्र सुनसरीले संयुक्त रूपमा उद्धार गरी सदर चिडियाखाना ल्याएका हुन्।

उक्त हिमचितुवाको पछाडिको बाँया खुट्टा टेक्न असहज भए पनि बाहिरी कुनै किसिमको चोट नदेखिए‌को र अवस्था सामान्य रहेको बताइएको छ।

नेपाललगायत मध्य तथा दक्षिण एसियाका १२ देशमा पाइने हिमचितुवा स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक एवं प्राकृतिक खाद्य शृंखलाको उच्च तहमा रहेको प्रजाति मानिन्छ। विश्वमा पाँच सय मिटरदेखि पाँच हजार आठ सय मिटरको उचाइमा र नेपालमा दुई हजार मिटरदेखि ६ हजार मिटरसम्मको उचाइमा हिमचितुवा पाइन्छ।

तर, समुद्री सतहदेखि एक सय ४६ मिटरको उचाइमा रहेको स्थानमा हिमचितुवा देखिनु अस्वाभाविक र अध्ययन–अनुसन्धानको विषय बनेको छ। उक्त हिमचितुवा भेटिएको स्थान पाटेबाघको वासस्थानको उचाइबराबरमा रहेको छ।

ad
ad