१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १६:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजनीति धन आर्जन गर्ने पेसाजस्तो बनायौँ : सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३८:oo

कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिकर्मीहरूले राजनीतिलाई पेसाजस्तै बनाएकाले जनतामा निराशा छाएको बताएका छन्। 

शुक्रबार कांग्रेस बागमती प्रदेश समितिले पार्टीको स्थापना दिवसको अवसरमा हेटौँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राजनीतिलाई पेसा नभई सेवाको रूपमा लिनुपर्ने बताए।

उनले राजनीतिलाई पेसा नभई सेवा क्षेत्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिए। अहिलेका राजनीतिकर्मीमा इमानदारी हराउँदै गएको उनको दाबी छ।

‘राजनीति अहिले पेसा–व्यवसायजस्तो भएको छ। हामीमा इमानरी हराउँदै गयो । राजनीति सेवाका लागि गर्ने हो। तर, हामीले राजनीति धनसम्पति आर्जन गर्ने पेसाजस्तो बनायौँ,’ उनले भने।

राजनीतिक दलका नेता–कार्यकर्ताहरूकै आचरणका कारण जनतामा निराशा छाएको नेता सिंहको दाबी छ। उनले जनप्रतिनिधिहरूले निर्वाचित भएपछि जनताप्रति उत्तरदायी हुनुपर्नेमा आफूलाई जागिरेजस्तो ठान्ने गरेको बताए। ‘राजनीति पद पाउन र पैसा कमाउन होइन भन्ने बुझ्न आवश्यक छ। हामी जनप्रतिनिधिका रूपमा जनताको सेवा गर्न पार्टी राजनीतिमा लागेका हौँ भन्ने बिर्सनुहुँदैन,’ उनले भने। 

जनताको इच्छा–आकांक्षाअनुसार काम नगर्दा नै दलहरूप्रति जनताको विश्वास हराएको उनले टिप्पणी गरे। उनले कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधहरूलाई जनउत्तरदायी भएर काम गर्दै जनविश्वास आर्जन गर्न आग्रह गरे।

कांग्रेसले सधैँ नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गराउँदै नेता सिंहले संघीयता कार्यान्वयनमा पनि कांग्रेस जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए। उनले कांग्रेसको पहलमा संघीय कानुनहरू निर्माण गरेर जतिसक्दो चाँडाे प्रदेश तथा स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन आवश्यक भएको बताए।