मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेविसंघकाे ध्यानाकर्षणपछि स्वास्थ्यमन्त्रीले दिए २४ घन्टे निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५३:oo

मुगुको सोरुमा फैलिएको भाइरल जरोका कारण तीनजनाको मृत्यु भएको घटनाबारे नेविसंघले स्वास्थ्यमन्त्रीकाे ध्यानाकर्षण गराएको छ।

मुगुको सोरु गाउँपालिकामा फैलिएको भाइरल जरोका कारण तीजनाको मृत्यु भएको घटनाबारे जानकारी गराउँदै र अन्य गाउँमा पनि यसले विकराल समस्या ल्याएकाले तत्काल विशेषज्ञ डाक्टरसहित टाेली पठाउन माग गर्दै नेविसंघ केन्द्रीय समिति सदस्यले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई ध्यानाकर्षणपत्र बुझाएका छन्। 

हामीले मुगुमा सामान्य उपचार नपाएर ज्यान गुमागनुपरेको घटनाप्रति स्वास्थ्यमन्त्री मोहन बस्नेतज्यूको ध्यानाकर्षण गरायौ, उहाँले २४ घन्टाभित्र प्रभावित क्षेत्रमा औषधिसहितको चिकित्सक टोली पठाउने प्रतिबद्धता जाहेर गरेकाे नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले वताए। 

‘संविधानले मौलिक हकका रूपमा स्थापित गरेको अधिकार निःशुल्क स्वास्थ्य सेवनको सुविधा पाउनु त परको कुरा, दुर्गम गाउँमा सिटालमोलको अभावले अकालमै ज्यान गुमानुपरेको छ, योभन्दा दुःखद के हुन्छ ? राज्यको गम्भीर लापरबाहीका कारण सामान्य नागरिकको मृत्यु हुन नपरोस् तत्काल सर्वसुलभ स्वास्थ्य सेवाको व्यवस्था गर्न मन्त्रीज्यूको ध्यानाकर्षण गराएका हौँ, नेता भट्टले भने।

ध्यानाकर्षणपत्र बुझाउन नेविसंघका केन्द्रीय सदस्य  प्रमिका रानामगर, ई. भुवन भट्ट, धर्मराज शाही, जगतजंग विष्ट, कृष्ण सुवेदी, शोभा बस्ताकोटी, दिनेश शर्मा, एन्जोर कार्कीलगायत नेता सुरेन्द्र भण्डारी, खुम्ब देउवा पुगेका थिए।