मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १९:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीबाट चारवटै सिटमा गठबन्धनको जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:o८:oo

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशका चारवटै सिटमा सत्तागठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। विपक्षी एमालेका उम्मेदवारहरूलाई पराजित गर्दै बागमतीका सबै सिटमा गठबन्धनले जित निकालेको हो।

‘महिला’ क्लस्टरमा कांग्रेसकी विष्णुकुमारी पुडासैनी, ‘अन्य’मा कांग्रेसकै जितजंग बस्नेत, अपांगता/अल्पसंख्यकमा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र दलित क्लस्टरमा एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा विजयी भएका छन्।

महिला क्लस्टरमा कांग्रेसकी पुडासैनीले एमालेकी रोचकुमारी चौलागाईंलाई पराजित गरिन्। पुडासैनीले ६ हजार ६ सय २२ मतभार पाउँदा एमालेकी चौलागाईंले दुई हजार पाँच सय ५२ मतभार मात्रै पाइन्।

यसैगरी, एमालेका त्रिलोचन निर्मल पौडेललाई हराउँदै कांग्रेसका बस्नेत ‘अन्य’ क्लस्टरबाट निर्वाचित भएका छन्। बस्नेतले ६ हजार पाँच सय ३१ मतभार पाएका भने विपक्षी एमालेका पौडेलले दुई हजार तीन सय ५९ मतभार पाएका छन्।

अपांगता–अल्पसंख्यक क्लस्टरबाट एमालेका विवेक देवकोटाविरुद्ध माओवादीका अधिकारीले जित निकालेका हुन्। निर्वाचित अधिकारीले ६ हजार चार सय ३६ मतभार पाउँदा उनका प्रतिस्पर्धी एमाले उम्मेदवार देवकोटाले दुई हजार सात सय ३४ मतभार पाएका छन्। 

दलित क्लस्टरतर्फ एमालेकै ध्रुवराज विश्वकर्माविरुद्ध एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा निर्वाचित भएका छन्। घनश्यामले ६ हजार पाँच सय १२ मतभार पाउँदा ध्रुवराजले तीन हजार ५२ मतभार पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।