Skip This
स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु (फोटोफिचर)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ११ बिहीबार
  • Saturday, 27 July, 2024
संजित परियार काठमाडाैं
२o८o माघ ११ बिहीबार ११:o१:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु (फोटोफिचर)

Read Time : > 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ ११ बिहीबार ११:o१:oo

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् रूपमा सुरु भएको छ ।  पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ ।

पौष शुक्ल चतुर्दशीको दिन हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने–सुनाउने परम्परा छ ।

यस अवसरमा आजैदेखि एक महिनासम्म साँखुको शालीनदी र भक्तपुरको हनुमानघाटमा  बिहीबार बिहानै भक्तजनले माघ स्नान गरी स्वस्थानी व्रत सुरु गरेका छन्। माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुन्य कमाइने धार्मिक विश्वास छ । भक्तपुरको हनुमानघाट र साँखुको शालीनदी किनारका केही तस्बिर :