१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १o:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

विशेष सरकारी वकिलको मुद्दा सफलता दर सबैभन्दा बढी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२३:oo

विशेष सरकारी वकिलको कार्यालयको मुद्दा सफलता दर अन्य कार्यालयभन्दा बढी देखिएको छ । आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदनले यस्तो तथ्यांक देखाएको हो ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले पेस गरेको प्रतिवेदनमा समग्रमा सरकारवादी रहेका मुद्दा, रिट र निवेदनमा ६९.१९ प्रतिशत सफलता दर देखिएको छ । विशेष सरकारी वकिलको कार्यालयले गत वर्ष १० हजार २३ वटा मुद्दामा बहस–पैरवी तथा प्रतिरक्षा गरेको छ । जसमध्ये पाँच हजार १२ वटा फर्स्योट भएका छन् । यसमध्ये ८३.६८ प्रतिशत मुद्दामा सरकारी वकिलले फैसला पक्षमा पारेका छन् । 

जिल्ला सरकारी वकिल कार्यालयहरूको सफलता दर पनि राम्रै देखिएको छ । ७६.८४ प्रतिशत मुद्दा सफल भएको तथ्यांकले देखाउँछ । गत वर्ष जिल्लाहरूमा मुद्दा, रिट तथा निवेदनसमेत गरी सरकारी वकिलहरू ७२ हजार १९६ वटामा संलग्न थिए । यसमध्ये ३६ हजार ७०३ मुद्दा किनारा लागेका छन् । 

सबैभन्दा कम सफलता दर भने महान्यायाधिवक्ताको कार्यालयको देखिएको छ । सरकारी वकिलहरूले सर्वोच्चमा १४ हजार २८९ वटा मुद्दामा बहस–पैरवी गरेकोमा दुई हजार ९१४ वटा फर्स्योट भएका छन् भने सफलता दर ४१.२८ प्रतिशत छ ।

उच्च सरकारी वकिलको कार्यालयको सफलता दर ५३.५८ प्रतिशत छ । गत वर्ष उच्चका सरकारी वकिलले २९ हजार ३२२ वटा मुद्दामा बहस–पैरवी गरेकोमा १७ हजार ४१२ वटामा फैसला आइसकेको छ । 

ad
ad