१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ९ मंगलबार
  • Friday, 09 May, 2025
२o८o माघ ९ मंगलबार १२:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मानव बेचबिखनको आरोपमा तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ ९ मंगलबार १२:o१:oo

पश्चिम नवलपरासी प्रहरीले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा तीनजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक रमेश बोहराका अनुसार नेपाल–भारत सीमा दशगजानजिकै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– ५ चमनटोलाबाट दुईजना भारतीयसहित एकजना नेपाली नागरिकलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका– २ हाटबजार टोल बस्ने २१ बर्षीय कलिम मियाँ, भारतको देवरिया जिल्लाा बरहजवा थाना करजहा बस्ने २६ वर्षीय अरुण मल र भारतकै महाराजगन्ज थाना कोतवाली ग्राम दुबौलीटोला छोटी पकडी नौनिया बस्ने २८ वर्षीया शैलेश बर्मा रहेका छन् ।

सीमा क्षेत्रमा कलिम मियाँले दुईजना किशाेरीलाई भारतीय नागरिक अरुण र शैलेशको जिम्मा लगाइरहेको अवस्थामा प्रहरीले शंका लागेपछि साेछपुछ गर्ने क्रममा पक्राउ गरिएको हो। प्रहरीले सोधपुछ गर्ने क्रममा ती दुई किशोरीले आफूलाई ललाइफकाई प्रलोभनमा पारेर भारतको गोरखपुरतर्फ लैजान लागेको बताएका थिए।

उनीहरूको साथबाट प्रहरीले लु.१८प ५२६९ नम्बरको मोटरसाइकल र युपी ५३ डिबी ४८३२ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ। पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत परासीबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाएको प्रहरी नायब उपरीक्षक रमेश बोहराले बताए।