१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
समाचार डिजिटल संस्करण

सुरक्षाकर्मी परिचालन गरेर कृषि विश्वविद्यालय भवन शिलान्यास गर्ने तयारी

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:३९:oo

सप्तरीको राजविराज नगरपालिका– १३ स्थित मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रमस्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।

कार्यक्रमको प्रमुख अतिथिको विषयलाई लिएर जसपा र जनमत पार्टीका कार्यकर्ताबीच टकराव बढेपछि सुरक्षाकर्मी परिचालन गरेरै शिलान्यास गर्ने तयारी गरिएको हो।

उक्त कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने तय भएपछि जनमतका कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन्।

विवाद बढेपछि मधेश प्रदेशका शिक्षामन्त्री महेशप्रसाद यादवले शिलान्यास कार्यक्रम स्थगित गर्न विश्वविद्यालय प्रशासनलाई निर्देशन दिएका थिए। त्यसका बाबजुद कार्यक्रम नराेकिएपछि जिल्ला प्रशासनले बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ।

ad
ad