राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) १५ चैतदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको आइतबार बसेको बैठकले १५ देखि २७ चैतसम्म परीक्षा लिने निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले होली पर्वका कारण केही दिन धेकेलिए पनि नियमित क्यालेन्डरअनुसार नै परीक्षा सञ्चालन गर्ने निर्णय भएको बताए । बोर्डले तयार पारेको वार्षिक कार्यतालिकाबमोजिम चैतको पहिलो सातादेखि परीक्षा सञ्चालन हुनुपर्ने थियो ।
त्यस्तै, बोर्डले कक्षा ११ र १२ का लागि ग्रेडवृद्धि फाराम भर्न र भराउन विद्यार्थी र विद्यालयहरूलाई निर्देशन दिएको छ । परीक्षामा सहभागी हुने विद्यार्थीले १५ फागुनसम्म विलम्ब शुल्कसहित बोर्डले तोकेको ढाँचामा फारम भर्नुपर्नेछ ।