१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
श्रवण थापा सर्लाही
२o८१ जेठ ३ बिहीबार oo:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सर्लाही कारागार ११ वर्षपछि सञ्चालनमा

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार oo:१६:oo

सर्लाही कारागार ११ वर्षपछि सञ्चालनमा आएको छ ।  सशस्त्र द्वन्द्वका क्रममा जीर्ण बनेको भवन पुननिर्माणका क्रममा खाली गराइएको कारागार आइतबारबाट पुनः सञ्चालनमा आएको हो ।  

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नवनिर्मित दुई तले भवनको उद्घाटन गरेसँगै  थुनुवा कैदीवन्दी राखिएको छ । प्रहरी हिरासतमा रही अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएका, अन्तिम फैसला भएकाहरुलाई यहाँ राखिएके हो । यसअघि रौतहट, महोत्तरी, सिन्धुली देखी मकवानपुरको भिमफेदी तथा सुनसरीको झुम्काका कारागारमा कैदीबन्दी राख्नुपर्ने बाध्यता थियो ।

मन्त्री श्रेष्ठले कारागारलाई सरकारले पुनर्स्थापना केन्द्र वा सुधारकेन्द्रको रुपमा विकास गर्ने अभियान सुरु गरेको बताए । उनले कारागार प्रशासनलाई कैदिबन्दीलाई सहज वातावरणमा सजाय काट्ने ब्यवस्था गरिदिन समेत निर्देशन दिएका थिए । 

दुईपटक ठेक्का लागेर बन्यो भवन
दुई पटक ठेक्का लागेको कागारगार भवन बल्ल बनेको छ ।  सशस्त्र द्धन्द्धका क्रममा जिर्ण बनेको कारागारको भवन पुनर्निर्माणका लागि  २०६८ मा ठेक्का लागेको थियो ।  तर, समयमै कारागार खाली गराउन सकिएन । 

०६९ देखि ०७२ सम्म कारागार खाली गराइएपछि ०७२ मा दोस्रो पटक कारगार पुनर्निर्माणको लागि ठेक्का लागेको हो । तर, ठेक्का सकारेको निर्माण कम्पनीले विभिन्न बहानामा निर्माणमा ढिलाई गर्दा ११ वर्षपछि कारागार हस्तान्तरण भएको कारागार प्रसासनले जनाएको छ । पटक–पटकको ताकेता पछि बल्लतल्ल ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरेर कारागार हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए । 

नवनिर्मित कारागारमा २ सय १० जना कैदीबन्दीको क्षमता रहेको निमित्त कारागार प्रमुख मनोजकुमार मिश्रले बताए । तत्कालका लागि १ सय ६० जना पुरुष कैदीबन्दी र ५० जना महिला कैदीबन्दी राख्न सकिने उनले बताए । 

तीन हजार ३९.२० बर्ग मिटर क्षेत्रफलमा फैलिएको यस कारागारमा चरणबद्ध ढंगले पुनः निर्माणको काम भएको थियो । पहिलो चरणमा चार वटा बुर्जा घर सुरक्षा पोष्ट र सुरक्षा पर्खाल तथा दोस्रो चरणमा मुख्य संरचना अन्तरगत, सुरक्षाकर्मीका लागि ब्यारेक, महिला कारागार ब्यारेक, पुरुष कारागार ब्यारेक, भेटघाट कक्ष, गार्ड हाउस, क्यान्टिन, पसल, हस्तकला समाग्रि उत्पादनका लागि वर्कसप यरिया गोलघर लगाएतका काम भएको उल्लेख गरिएको हो ।

कैदीबन्दीलाई आम मानिसले जस्तै कैदिजिवन यापन गर्न सक्ने गरी संरचनाको ब्यवस्था गरिएको कारागार प्रशासनले जनाएको हो । ४ करोड १६ लाख ८४ हजार २ सय ७८ रुपैयाँ लागतमा यस कारागार भवन निर्माण भएको संघिय आयोजना कार्यान्वयन इकाइ कार्यलय धनुषाका ईन्जिनियर प्रदिप खनालले जानकारी दिए । भवन निर्माण ठेक्का रामजानकी निर्माण सेवा प्रा.लि.जनकपुरले दुई सालमा सम्पन्न गर्ने गरी सकारेको थियो ।

मन्त्री श्रेष्ठद्वारा लालबन्दी स्थित लखन्देहीमा पक्किपुल शिलान्यास
मन्त्री श्रेष्ठले लालबन्दी नगरपालिका स्थित पत्थरकोटस्थित लखन्देही खोलामाथि बन्न लागेको पक्की पुलको पनि शिलान्यास गरेका छन् । 

मन्त्री श्रेष्ठले लालबन्दी नगरपालिका ११ को हिरापुर र १२ जियाजोर जोड्ने पक्किपुलको आइतबार शिलान्यास गरेका हुन् । ७७ करोड ७८ लाख लागतमा ४ सय ८५ मिटर लामो ११ मिटर चौडा पक्कि पुल निर्माण हुन लागेको लालबन्दी नगरपालिकाले जनाएको हो । पुल अभावमा यस क्षेत्रका नागरिकले वर्षातको समयमा समेत जोखिम पुर्ण रुपमा खोलाकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहदै आएको थियो ।

ad
ad