१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ ७ आइतबार ११:३४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कैलाश हेलिकोप्टरले प्रिमियम मूल्यमा आइपिओ ल्याउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ ७ आइतबार ११:३४:००

कैलाश हेलिकोप्टर सर्भिसेजले प्राथमिक सेयर निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले सय रुपैयाँ अंकित दरमा जारी पुँजी ३५ करोडको १० प्रतिशतले हुन आउने तीन लाख ५० हजार कित्ता सेयर ल्याउने भएको भएको हो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको बैंकले जनाएको छ । 

कैलाश हेलिकोप्टरका प्रबन्ध सञ्चालक प्रतापजंग पाण्डे र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले धितोपत्र निष्कासनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । निष्कासन हुने साढे तीन लाख कित्ता प्रिमियम मूल्यमा जारी गर्ने पनि कम्पनीले जनाएको छ ।