१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार ११:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विश्व बैंकका कन्ट्री डाइरेक्टर र योजना आयोगका उपाध्यक्षबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:२३:oo

 राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्बोसले भेटवार्ता गरेका छन् । शुक्रबार भएको भेटवार्तामा विश्व बैंकको कन्ट्री पार्टनरसिप फ्रेमवर्क (सिपिएफ) र नेपालको १६औँ विकास योजनाबीच कसरी तादात्म्य मिलाउने भन्ने विषयमा छलफल भएको बताइएको छ । 

योजना आयोगका उपाध्यक्ष श्रेष्ठले अब बन्ने १६औँ योजना पूर्वाधार, सामाजिक क्षेत्रलगायत खासगरी उत्पादन र रोजगारीमा केन्द्रित हुने बताए । यस्तै, विकास लागि भएका संरचनात्मक समस्याहरू पहिचान गरी समाधान गर्न १६औँ योजनाले विशेष ध्यान दिने पनि उनको भनाइ थियो । विश्व बैंकलगायतका विकास साझेदारहरूले नेपालका लागि गरेको सहयोगका लागि उनले जेर्बोसलाई धन्यवाद दिए । 

ad
ad