१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार १o:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

चिसोमा आवाज बिग्रन नदिन के गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:२८:oo

सामान्य अवस्थामा हाम्रो नाकबाट दिनमा चार सय एमएल पानी बनिरहेको हुन्छ । यो पानी पेटमा गइरहेको हुन्छ । जुन हामीलाई थाहा हुँदैन । यो प्राकृतिक प्रोसेस हो । यदि रुघाखोकी लागेको छ भने नाकमा एक्स्ट्रा पानी बनिरहेको हुन्छ । पाकेको रुघाखोकी घाँटीभित्र जाँदा चुहिएर खोकी लाग्छ, घाँटी दुख्ने हुन्छ । सासको नलीमा गयो भने आवाज भासिने, धोद्रो हुने, सास फेर्न गाह्रो हुनेलगायत समस्या आउँछ । 

प्रोफेसनल भ्वाइस युजरलाई असर 
कलाकार तथा प्रोफेसनल भ्वाइस युजरका लागि आवाज भनेको अमूल्य कुरा भयो । उहाँहरूले आवाजको एक्स्ट्रा केयर गर्नुपर्छ । यसमा सुधार ल्याउनका लागि एक्स्ट्रा इफोर्ट लगाउनुपर्छ । जस्तो, गायकले बिहानदेखि बसेर रियाज गर्नुहुन्छ । त्यसैले उहाँहरूले आवाजको हेरचाह पनि धेरै गर्नुपर्छ । संक्रमण कन्ट्रोल गरेन, घाँटीमा समस्या हुँदा उपचार गरेन भने भोकल कर्ड चाँडै बिग्रिने जोखिम हुन्छ । किनकि, उहाँहरूको आवाज अत्यधिक प्रयोग भइरहेको हुन्छ । त्यसले आममानिसको दाँजोमा धेरै काम गरिहेको हुन्छ र प्रेसरमा हुन्छ । यदि त्यहाँ इन्फेक्सन छ भने त्यो छिटो बिग्रिने खतरा हुन्छ । 
उपचार 
गायक वा प्रोफेसनल भ्वाइस युजरले घाँटीको इन्फेक्सन, नाकको एलर्जीलगायत कुनै पनि समस्या भइसकेपछि गाउने वा बोल्ने कामलाई ब्रेक दिनुपर्छ । त्यसपछि चिकित्सकसँग परामर्श गरेर छिटोभन्दा छिटो उपचार गर्नुपर्छ । किनकि, तपाईंको आवाज बिग्रियो भने तपाईंलाई झन् गाह्रो हुन्छ । गायक क्षेत्रमा लाग्नेका लागि आवाज नै अमूल्य सम्पत्ति भएकाले यसको विशेष केयर गर्नुपर्छ । भोकल कर्ड बिग्रिएका वेला पनि गाउनु भनेको चोट लागेको मानिसलाई युद्धमा पठाउनुजस्तै हो । 

ad
ad