Skip This
प्रधानमन्त्रीले विश्वास जितेकाले गठबन्धन पाँचै वर्ष टिक्छ : उपमहासचिव पुन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ६ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ ६ शनिबार १८:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले विश्वास जितेकाले गठबन्धन पाँचै वर्ष टिक्छ : उपमहासचिव पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ ६ शनिबार १८:१२:oo

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान सत्तागठबन्धन पाँचै वर्ष टिक्ने दाबी दोहोर्‍याएका छन्। संविधानको रक्षा र कार्यान्वयनका लागि बनेको गठबन्धन कसैले चाहेर तलमाथि नहुने पुनको भनाइ छ।

राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवार र मतदाताबीच शनिबार काठमाडाैंको गोकर्णमा भएको अन्तर्क्रियामा उनले यस्तो धारणा राखेका हुन्। 

विश्व भू–राजनीतिक प्रभावको सामना गर्न पनि लोकतान्त्रिक र वाम प्रगतिशील शक्तिबीच सहकार्यको विकल्प नरहेको उपमहासचिव पुनले बताए। ‘यो गठबन्धन चुनावी जित–हारका लागि वा नेताहरूको स्वार्थका लागि नभई निश्चित राजनीतिक उद्देश्यका लागि बनेको हो,’ उनले भने, ‘शान्ति प्रक्रियाका केही कामहरू बाँकी छन्। संविधान कार्यान्वयनमा विभिन्न खालका अवरोधहरू खडा गरिए। ती अवरोधहरू पन्छाउँदै संविधानका व्यवस्थाअनुसार जनताका अधिकार सुनिश्चित गर्नु गठबन्धनको उद्देश्य हो।’ 

पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा आबद्ध दल र दलका प्रमुख नेताहरूको विश्वास जितेका कारण पनि गठबन्धन पाँचै वर्ष जाने आधार तयार भएको पुनको भनाइ थियो।

सरकारले संसद्को हिउँदे अधिवेशनमा संघीय निजामती र संघीय प्रहरी ऐन पारित गर्ने गरी गृहकार्य गरिरहेको उल्लेख गर्दै पुनले संघीयता कार्यान्वयनमा भएको विलम्ब चाँडै हट्ने दाबी गरे। नेपाल संघीयताको नयाँ अभ्यासमा रहेको र संघीयताको चरित्र समन्वयात्मक रहेको भन्दै उनले मुख्यमन्त्रीहरूको असन्तुष्टि छिट्टै सम्बोधन हुने गरी प्रधानमन्त्रीले काम अघि बढाएको बताए।

संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा मात्र संघीयता सफल बनाउन सकिने भएकाले साझा अधिकारका सूचीअनुसार तीनवटै तहका सरकारले काम गर्नुपर्नेमा उनको जोड थियो।