१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १८:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२६:oo

मकवानपुर प्रहरीले शुक्रबार छुट्टाछुट्टै घटनामा एक थान पेस्तोल, उक्त पेस्तोलमा लाग्ने एक थान गोली र विभिन्न परिमाणको लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ।

प्रहरीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १५ रातोमाटे चेकपोस्टबाट बाजुराको हिमाली नगरपालिका– १ का ३१ वर्षीय देवबहादुर थापा र नवलपरासी (सुस्ता पूर्व)को कावासोती नगरपालिका– ५ बस्ने ५७ वर्षका वीरबहादुर थापामगरलाई पक्राउ गरेको हो।

मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरीले उनीहरूलाई हेटौँडाबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे.१ख २५३७ नम्बरको बसको सिटमुनि राखेको झोलाबाट एकथान पेस्तोल, एक थान गोली र दुईवटा प्लास्टिकको झोलामा सेतो रंगको पाउडरजस्तो देखिने धुलो पदार्थ करिब दुई किलो सात सय ग्रामसहित पक्राउ गरेको हो।

यस्तै, प्रहरीले शुक्रबार नै विभिन्न परिमाणको अवैध लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा– १५ रातोमाटेमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा. प्र ०१–००१ ख ५८६८ नम्बरको इलेक्ट्रिक गाडीबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको हो।

प्रहरीले तनहुँको व्यास नगरपालिका– ६ का ३२ वर्षीय बमबहादुर विकले दुवै खुट्टाको घुँडामुनि र तिघ्रामा टेपले बेरेर ल्याएको अवस्थामा डाइजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल र नुफिन २५ एम्पुल फेला पारेको हो।

सोही बसमा आएका नवलपरासीको देवचुली नगरपालिका– ७ का ३० वर्षीय अर्जुन विकलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनले कम्मरको भागमा लुकाएर ल्याएको अवस्थामा लागुऔषध डाइजेपाम ६ एम्पुल, फेनारगन ६ एम्पुल, नुफिन ६ एम्पुल फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

पक्राउ परेका चारैजनालाई थप अनुसन्धान एवं कारबाही प्रक्रिया अघि बढाइएको प्रवक्ता भण्डारीले जानकारी दिए।