१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रासस संयुक्त राष्ट्रसंघ
२०८० माघ ५ शुक्रबार १२:३३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

गाजामा थप सामग्री वितरणको संयुक्त राष्ट्रसंघ प्रमुख गुटेरेसद्वारा स्वागत

Read Time : < 1 मिनेट
रासस, संयुक्त राष्ट्रसंघ
२०८० माघ ५ शुक्रबार १२:३३:००

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार कतार र फ्रान्सको नेतृत्वमा गाजामा रहेका सर्वसाधारणलाई थप र अति आवश्यक औषधि तथा स्वास्थ्य सामग्री पुर्‍याउन र गाजामा बन्धक बनाइएका व्यक्तिहरूलाई अत्यावश्यक औषधि पुर्‍याउन गरिएको अभियानको स्वागत गरेका छन्।

गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले भने, ‘गाजामा यी अत्यावश्यक सामग्री र मानवीय सहायताको प्रवेश उत्साहजनक छ, तर गाजापट्टीमा अझै धेरै सहायता आउन आवश्यक छ।’

दुजारिकका अनुसार संयुक्त राष्ट्रसंघका प्रमुखले अत्यावश्यक सामग्री र मानवीय सहायताका लागि कतार र फ्रान्सको प्रयासको पनि प्रशंसा गरेका छन्।

महासचिवले तत्काल मानवीय युद्धविरामका लागि आफ्नो अपिल र बन्धकहरूलाई तत्काल र विनासर्त रिहा गर्न र उनीहरूको मानवीय व्यवहारका लागि आफ्नो आह्वान पनि दोहोर्‍याएका छन्।

गुटेरेसले गाजामा पर्याप्त मानवीय सहायता आवश्यक पर्ने ठाउँमा पुर्‍याउन सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै गाजापट्टीमा आधारभूत वस्तु ल्याउन निजी क्षेत्रलाई पुनः सक्रिय बनाउन आग्रह गरेका छन्।

महासचिवले यस क्षेत्रमा बढ्दो तनावबारे चिन्ता व्यक्त गर्दै तत्काल तनाव कम गर्न आह्वान गरेको दुजारिकले बताए।

कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार गाजापट्टीमा इजरायली बन्धक र सर्वसाधारणका लागि औषधि र अन्य मानवीय सहायता बुधबार उक्त क्षेत्रमा प्रवेश गरेको कतारले जनाएको छ।