१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o८:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पुलिस सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:४८:oo

नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस र न्यु डायमन्ड स्पोर्टस् क्लब चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनलमा पुगेका छन् । पुरुषतर्फ एपिएफ र श्रीलंकाको आर्मी टोली पनि अन्तिम चारमा पुगेका छन् । बुधबार भएको खेलमा गण्डकी, हेल्प नेपाल स्पोर्टस् क्लब र भारत हरियाणाको टोली महिलातर्फको स्पर्धाबाट बाहिरिएका छन् । पुरुषतर्फ पुलिस क्लब पनि बाहिरियो । महिलामा गण्डकी र हरियाणा खेलमा पराजित भए । पुलिस अंकका आधारमा प्रतियोगिताबाट बाहिरिएको हो ।

महिलातर्फ समूह चरणको पहिलो खेलमा एपिएफले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । न्यु डायमन्डले हरियाणालाई ३–० ले निराश बनायो । समूह ‘ए’बाट एपिएफ पाँच र समूह ‘बी’मा न्यु डायमन्ड ६ अंकका साथ समूह विजेता बनेका हुन् । समूह ‘ए’मा पुलिस ४ र समूह ‘बी’मा आर्मी २ अंकका साथ उपविजेता बनेका थिए । प्रतियोगिताको बिहीबार फाइनल प्रवेशका लागि एपिएफ र आर्मीबीच खेल हुनेछ । अर्को सेमिफाइनलमा न्यु डायमन्डले पुलिसविरुद्ध भिड्नेछ । पुरुषतर्फ पुलिसले श्रीलंकाको टोलीलाई ३–१ को सेटमा पराजित गर्‍यो । 

घरेलु टोली गण्डकी र हेल्प नेपालबीच निकै प्रतिस्पर्धात्मक खेल भयो । गण्डकीले हेल्प नेपाललाई ३–२ ले हरायो । पहिलो चार सेट २–२ को बराबरी भएको थियो ।  पुरुषतर्फको समूह ‘ए’अन्तर्गत गण्डकी र आर्मीबीच खेल बाँकी छ । यस खेलपछि अन्तिम चारमा पुग्ने एक टोलीको छिनोफानो हुनेछ ।

ad
ad