१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गौशाला २६ को भन्दै तस्बिर सार्वजनिक गर्ने पक्राउ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२९:oo

बलात्कार कसुरमा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएपछि गौशाला २६ को तस्बिर भन्दै युवतीकाे फाेटाे सार्वजनिक गर्ने एकजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीय केशरमान राई रहेको प्रहरीको साइबर ब्युरोले जनाएको छ। गौशाला २६ को भन्दै तस्बिर सार्वजनिक गर्ने अरू व्यक्तिको समेत खोजी भइरहेको ब्युरोले जनाएको छ। 

जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई आठ वर्ष जेल सजाय र पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको थियो। त्यसयता लामिछानेका समर्थकले पीडित गौशाला २६ भन्दै विभिन्न तस्बिर र व्यक्तिगत विवरणहरू सार्वजनिक गर्दै आएका छन्। यसविरुद्ध युवतीले साइबर ब्युरोमा उजुरी दिइकी थिइन्।