१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o६:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

काभ्रेको पाँचखालमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

घटनामा संलग्न चारजना पक्राउ, अनुसन्धानका लागि सात दिनको म्याद थप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:२२:oo

काभ्रेको पाँचखाल नगरपालिका– ७ शिखरपुरस्थित जंगलमा १९ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छिन् । प्रहरीका अनुसार उनलाई स्थानीय चार मजदुरले २७ पुसको साँझ सामूहिक बलात्कार गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घटनामा संलग्न उदयपुर ताप्ली– ८ का धीरज हमाल, भोजपुर षडानन्द– ८ का घनश्याम श्रेष्ठ र अन्य दुई १७ वर्षका बालक रहेका छन् । घटनामा संलग्न चारैजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिप्रका काभ्रेका प्रमुख एसपी भाग्यन्द्रपुरुष ढकालले घटनामा संलग्न चारैजनालाई पक्राउ गरिएको र अनुसन्धानका लागि सात दिनको म्याद थप भएको बताए । ‘२७ पुसको साँझ किशोरी सामूहिक बलात्कारमा परेको सूचना आयो । प्रहरीले घटनाको अनुसन्धान गर्‍यो । यस क्रममा घटनास्थलआसपासका शंकास्पद ६० भन्दा धेरैलाई पक्राउ गरियो,’ उनले भने, ‘अन्ततः चारजना घटनामा संलग्न रहेको खुल्यो । उनीहरूलाई पक्राउ गरिएको छ । जसमध्ये दुई युवा र दुई बालक छन् । उनीहरू सोही क्षेत्रमा ज्याला–मजदुरी गर्दै आएको खुलेको छ ।’

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार किशोरी २७ पुसको साँझ साथीसँगै इभिनिङ वाकमा घरबाहिर निस्केकी थिइन् । साथी घर फर्किइन्, तर किशोरी बेलुकासम्म पनि नफर्केपछि परिवारका सदस्य खोज्न निस्केका थिए । यही क्रममा किशोरी रूखमा झुन्डिन तयार भएको अवस्थामा फेला परिन् । परिवारका सदस्यले तत्काल उद्धार गरे । र, सोधपुछमा उत्रिए । 

यही क्रममा किशोरीले सामूहिक बलात्कारको सिकार भएको बताएपछि परिवारका सदस्यले स्थानीय प्रहरी चौकीमा खबर गरे । प्रहरी घटनास्थल पुग्यो । घटनामा संलग्न हुनेहरू पहिचान भएको÷नभएकोबारे प्रहरीले किशोरीलाई सोध्यो । तर, किशोरीले कसैलाई नचिनेको बताएपछि प्रहरी शंकास्पद व्यक्तिको खोजी जुट्यो । यही क्रममा चारजना पक्राउ परेको जिप्रका प्रमुख ढकालले बताए । 

‘समूहिक बलात्कारमा परेपछि किशोरी आत्महत्या गर्ने मुडमा पुगेकी रहिछिन् । रूखमा झुन्डिन ठिक्क परेको अवस्थामा परिवारका सदस्यले उद्धार गरे । त्यसपछि मात्रै सामूहिक बलात्कारको पोल खुल्यो,’ उनले भने, ‘तर, घटनामा संलग्न अभियुक्त किशोरीले नचिन्ने रहिछिन् । प्रहरीले फरक ढंगले अनुसन्धान गर्‍यो । घटनाको चार दिनपछि चार अभियुक्तको पहिचान खुल्यो । र उनीहरू पक्राउ परे ।’

प्रहरीका अनुसार पीडित किशोरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । उनको मेडिकल परीक्षण भइसकेको, तर प्रतिवेदन भने प्राप्त नभएको प्रहरीको भनाइ छ । 
 

ad
ad