१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १७:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काठमाडौंमा युवा वैज्ञानिक शिखर सम्मेलन हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:४o:oo

नेपालमा आठौँ युवा वैज्ञानिक शिखर सम्मेलन हुने भएको छ। यही माघ २२ र २३ गते युवा वैज्ञानिक शिखर सम्मेलन हुन लागेको हो।

शिक्षा मन्त्रालयसँगको सहकार्यमा नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब एसएस/कलेजले उक्त सम्मेलन आयोजना गर्न लागेका हुन्। सम्मेलनमा नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट), नेसनल इनोभेसन सेन्टर (एनआइसी), युनेस्को नेपाल, रिसर्च एन्ड डेभलपमेन्ट सोसाइटी (आरडिएस) र साइन्स टिचर्स नेपाललगायतको सहकार्य रहेको छ।

उक्त शिखर सम्मेलनमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले शोधकर्ताको रूपमा भाग लिन सक्ने आयोजकले जनाएको छ।

युवा शोधकर्ताहरूका लागि विभिन्न ६ वटा विधा छुट्याएको छ। जसअन्तर्गत इन्जिनियरिङ र रोबोटिक्स, जीवविज्ञान, रसायन र वातावरण विज्ञान, भौतिक विज्ञान र गणितका साथै कम्युटर विज्ञान तथा इन्डिजेनिएस ज्ञान र प्रविधि विधा तोकिएको छ।

सम्मेलनमा विशेष गरी महिला र फरक क्षमता भएका युवा वैज्ञानिकलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ। सम्मेलनमा प्रस्तुत गरेको विषयवस्तु, भिडियो क्लिपका साथै पोस्टर र मौखिक प्रस्तुतीकरणका आधारमा छनोट गरिने बताइएको छ।

प्रत्येक विधाका विजेताहरूले १३औँ एसिया प्यासिफिक सम्मेलनमा भाग लिनका लागि आवेदन दिन पाउनेछन्। पुरस्कारका विजेताहरूले राष्ट्रिय तथा अन्तराष्ट्र्रियस्तरका अन्य खोज अनुसन्धानमूलक गतिविधिमा भाग लिन पाउने आयोजकले जनाएको छ।

ad
ad