१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o८:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:१४:oo

हामीकहाँ सडक दुर्घटना किन बढिरहेको छ ?
मुख्यतः हाम्रा सडक पूर्वाधार असुरक्षित छन् । दुर्घटनाको मुख्य कारण सडक पूर्वाधार नै हो । अर्को कारण गुड्नलायक नभएका सवारीसाधन पनि गुडिरहेका छन् । यातायातसम्बन्धी ऐन कानुनको कार्यान्वयन पनि फितलो छ । अझ ट्रायल नै नदिई सवारीचालक अनुमतिपत्र दिइएको समाचार आइरहेको छ । यो निकै गम्भीर लापरबाही हो । यसबाहेक दुर्घटनापछि तत्काल उद्धार गर्न नसक्दा पनि मृत्यु हुनेको संख्या बढिरहेको छ । 

यति धेरै सडक दुर्घटना र यात्रुहरूको मृत्यु हुनुमा दोष कसको हो ? 
यसको जिम्मेवारी राज्यले नै लिनुपर्छ । सडक सुरक्षा निजी क्षेत्रले हेर्दैन । यसको सम्पूर्ण जिम्मेवारी राज्यकै हो । राज्यले जनतालाई हरेक हिसाबमा सुरक्षा प्रदान गर्नुपर्छ । तर, दिनहुँ सडक दुर्घटनाबाट यात्रुको ज्यान गइरहँदा पनि राज्यले त्यसलाई गम्भीर रूपमा लिएको देखिँदैन । दुर्घटनापछि उच्च तहबाट विज्ञप्ति आउँछ, तर समाधानका लागि ठोस निर्णय वा काम हुँदैन । मौनधारण, मृतकलाई सहिद घोषणा र क्षतिपूर्ति दिएर सडक दुर्घटना न्यूनीकरण वा समाधान हुँदैन । यति गम्भीर र जटिल विषयमा कर्मकाण्डी किसिमको भूमिका राज्यले निभाउनु हुँदैन । 

सडक सुरक्षा मजबुत गर्न वा दुर्घटना न्यूनीकरण गर्न के गर्नुपर्ला ? 
सर्वप्रथमतः यातायात र सडक पूर्वाधारसम्बन्धी नीति राम्रो हुनुपर्छ । त्यसको कार्यान्वयन पनि सही ढंगले गर्नुपर्छ । त्यस्तो किसिमको तदारुकता राज्यसँगै हुनुपर्छ । यदी दुर्घटना कम गर्ने हो भने सडक सुरक्षा परिषद् गठन गर्नुपर्छ । परिषद्मार्फत सडक पूवार्धार, सवारीसाधनको अवस्था, नियम–कानुनको पालना, उद्धार, सडक प्रयोगकर्ताको अनुशासनलगायत विषयलाई वैज्ञानिक ढंगले अध्ययन गरी कार्यान्वयन गराउन सकिन्छ । 

ad
ad