मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format २o:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चरेस र गाँजासहित ६ पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:o४:oo

मकवानपुर प्रहरीले आइतबार फरक–फरक घटनामा लागुऔषध चरेस र गाँजासहित ६ जनालाई नियन्त्रणमा लिएको छ। 

प्रहरीले मकवानपुरको मनहरीमा चेकजाँचको क्रममा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना. ३ च ७४०४ नम्बरको कारमा लुकाई ल्याइँदै गरेको एक सय ग्राम चरेससहित चारजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कारचालक बाराको जितपुर–सिमरा उपमहानगरपालिका– ६ का २१ वर्षीय याकुब खान, बारा परवानीपुर गाउँपालिका– ३ का २० वर्षीय मुस्की राम, पर्सा वीरगन्ज उपमहानगरपालिका– २१ का २० वर्षीय इरमान आलम र २१ वर्षीय सोयल मियाँ छन्।

पक्राउ परेकाहरूले दिएको सूचनाका आधारमा प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका– ६ नयाँबस्ती बस्ने रामनारायण श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूले उक्त चरेस निज श्रेष्ठबाट खरिद गरेको बताएपछि प्रहरीले श्रेष्ठको घर खानतलासी गर्दा ६ किलो १३५ ग्राम लागुऔषध चरेस फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

गाँजासहित किशोर पक्राउ 

मकवानपुर प्रहरीले आइतबार नै हेटौँडाबाट गाँजासहित १९ वर्षीय किशोरलाई पक्राउ गरेको छ। सर्लाहीको मलंगवा नगरपालिका– १० घर भएका इन्ताज आलमलाई हेटौँडा उपमहानगरपालिका– १० मा रहेको बसपार्कबाट पाँच किलो ४०० ग्राम लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका सबैलाई मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता भण्डारीले जानकारी दिए।