१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

गुल्मी उद्योग वाणिज्य संघको साधारण सभामा तीन युवा उद्यमी सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२७:oo

गुल्मी उद्योग वाणिज्य संघले आफ्नो ३२ औं साधारणसभामा गुल्मी पश्चिमका तीन युवा उद्यमीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक कार्यक्रममा सधै अग्रसर संघले व्यावसायीक घाँस र फुलखेतीमा काम गरिरहेका इस्मा गाउँपालिका वडा नम्बर–३ को ग्यालेक्सी कृषि फर्मका सञ्चालक गोकर्ण नेपाली, व्यावसायीक पशुपालक धुर्कोट गाउँपालिका वडा नम्बर–५ को आविष्कार पशुपन्छी फार्मका सञ्चालक रविन्द्र घिमिरे र व्यावसायीक कफि गरिरहेका कृषक मदाने गाउँपालिका वडा नम्बर–३ का प्रेम अर्याललाई सम्मान गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसालले तीनै जना युवा उद्यमीलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेका थिए । वाणिज्य संघको सम्मानले व्यावसायीक जीवनमा अझै धेरै उर्जा प्राप्त भएको युवा उद्यमी गोकर्ण नेपालीले प्रतिक्रिया दिए ।

वाणिज्य संघले व्यावसायीहरुको व्यावसायीक क्षमता विकास, अनुगमन, बिपद् र कृषिको क्षेत्रमा विगतदेखि काम गर्दै आएकाले अहिले कृषि पेशामा युवाहरुको आकर्षण जोगाउन सम्मानको सुरुवात गरेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पौडेलले बताए ।

उनले बिस्तारै जिल्लाका अरु व्यावसायीक उद्यमीहरुलाई सम्मान गरिने बताए । साधारण सभामा संस्थाका महासचिव इश्वरी प्रसाद बेलबासेले पेश गरेको बार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष बिष्णु अधिकारीको आर्थिक प्रतिवेदन पास गरिएको छ ।

साधरण सभामा प्रमुख अतिथी भुसालसहित प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डे, उद्योग वाणिज्य संघ वलेटक्सारका अध्यक्ष तोयनारायण ज्ञवाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

ad
ad