१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १६:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

रिडी ग्रुपको सञ्चालक समिति सर्वसम्मत चयन, अध्यक्षमा पुनः बुढा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:४३:oo

रिडी ग्रुप लिमिटेडको छैटाैँ वार्षिक साधारणसभाले नयाँ सञ्चालक समिति चयन गरेको छ। जावलाखेलस्थित सेन्ट जेभियर्सको सभाहलमा सम्पन्न साधारणसभाले पुनः मानबहादुर बुढाको अध्यक्षतामा आगामी चार वर्षका लागि सर्वसम्मत सञ्चालक समिति गठन गरेको हो।

अन्य सञ्चालकमा झकेन्द्र घर्तीमगर, शारदा मगर, रामबहादुर थापामगर, रुविना रोकामगर, बलमान पुन र चित्रबहादुर पुन चयन भएका छन्। 

साधारणसभाको समुद्घाटन प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले गरेकी थिइन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभामुख थापाले सामूहिक उद्यमशीलता नेपालको समृद्धिका लागि अपरिहार्य कदम भएको बताइन्।

‘समग्र देशमा आर्थिक अवस्था न्यून र मध्यम वर्गीय परिवार धेरै छन्, यहाँ एकै व्यक्तिले ठूलो जोखिम मोलेर लगानी गर्न सक्ने र जोखिम मोल्न सक्ने अवस्था छैन,’ थापाले भनिन्, ‘सामूहिक उद्यमशीलताबाट मुलुकको समृद्धि र गतिशीलता सहज र सम्भव छ, यसमा सबैले इमानका साथ हातेमालो गरेर रिडी देशमै उदाहरण बन्न सक्नुपर्छ।’

साधारणसभाले आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन अनुमोदन गरेको छ।

‘समृद्धिका लागि सामूहिक उद्यमशीलता’को मूल उद्देश्य लिएर स्थापित रिडी ग्रुप लिमिटेडअन्तर्गत पाँच व्यावसायिक परियोजना सञ्चालित छन् । रिडी नाम्जे इको रिसोर्ट नाम्जे धनकुटा, रिडी सोप एन्ड केमिकल इन्डस्ट्रिज, फूलबारी चितवन, रिडी लाउञ्ज जावलाखेल, रिडी बोक्टान एग्रो फार्म घोडाघोडी कैलाली तथा रिडी राप्ती ग्रुपमार्फत लुम्बिनी प्रदेशको राजधानी भालुबाङ देउखुरीको सर्वोत्तम भ्यू प्वाइन्ट, देविकोट डाँडामा डेढ बिघा जमिन खरिद गरेर राप्ती एग्रो रिसोर्ट बनाइरहेको सञ्चालक झकेन्द्र घर्तीले बताए।

कम्पनीले देवीकोटबाट उडान गरी मौरीघाटमा अवतरण गर्ने गरी साहसिक खेल प्याराग्लाइडिङ सेवा पनि सञ्चालन गरेको छ। कम्पनीले लुम्बिनीमा गोरखा डेभलपर्ससँगको संयुक्त लगानीमा पाँचतारे डिलक्स गोर्खाज होटेलमा पनि लगानी गरेको घर्तीले जानकारी दिए।

ad
ad