मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:५o:oo

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज शाहको सालिकमा माल्यार्पण गरेका छन् । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै आज उनीप्रति श्रद्धासुमन अर्पण गरिएकाे हाे ।  

यस अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा राष्ट्रपति पाैडेलले पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका छन् । यसैगरी, नेपाली सेनाको टोलीले पनि सम्मान गारत अर्पण गरेको छ ।

तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए । उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ। 

यस्तै, नेपाली सेनाले पनि पृथ्वीजयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जंगीअड्डापरिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ । 


तस्बिर : संजित परियार/नयाँ पत्रिका