१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

स्पेनिस सुपर कप : एथ्लेटिकोलाई हराउँदै रियल म्याड्रिड फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:o७:oo

रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनल प्रवेश गरेको छ । एथ्लेटिको म्याड्रिडलाई ५–३ गोलअन्तरले हराउँदै रियल फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटभित्रै दुईपटकसम्म खेलमा अग्रता लिएको एथ्लेटिकोले अतिरिक्त समयमा पुगेर खेल गुमाएको हो । खेलको छैटौँ मिनेटमै एथ्लेटिकोले खेलमा अग्रता लिएको थियो । तर, ९० मिनेटभित्र ३–३ मा खेल सकिएको थियो । तर, थपिएको समयमा रियलले दुई थोल थप्यो । 

रियलका लागि एन्टोनिओ रुडिगर, फेर्लान्ड मेन्डी, डानी कार्भाजाल र ब्राहिम डियाजले गोल गरे । एथ्लेटिकोका लागि मारिओ हेर्मोसो र एन्टोनिई ग्रिजम्यानले गोल गरे । एथ्लेटिकोका स्टेफन सभिच र रियलका रुडिगरले आत्मघाती गोल गरेका थिए ।

आज राति प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बार्सिलोना र ओसासुना आमने–सामने हुनेछन् । सो खेलमा विजयी हुने टिमले आइतबार मध्यरात हुने फाइनलमा रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

ad
ad