१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:५९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

‘ए’ डिभिजन लिग विवाद प्रकरण : सात महिनापछि थ्री स्टार दोषी ठहर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:५९:oo

गत सिजनमा जेठमा भएको सहिद स्मारक ‘ए’ डिभिजन फुटबल प्रतियोगितामा अवैधानिक खेलाडी खेलाएको भन्दै एपिएफ फुटबल क्लबले राखेको उजुरीमा (एन्फा)ले थ्री स्टार क्लबलाई दोषी ठहर गरेको छ । श्रम स्वीकृति भए पनि भिसा नभईकन मैदान उत्रिएका थ्री स्टारका नाइजेरियन खेलाडीद्वय मार्टिन कायोडे अजायी र पिटर सेगुनलाई जनही ५० हजार रुपैयाँ तथा क्लबलाई तीन लाख रुपैयाँ कारबाहीस्वरूप जरिवाना एन्फाले गराएको छ । समितिले १५ पुसमा एपिएफको उजुरीमाथि निर्णय गरेको हो ।

२८ जेठमा थ्री स्टारले जावलाखेल युथ क्लबविरुद्ध भिसा अवधि सकिएका अजायी र सेगुनलाई प्रतिस्पर्धा गराएको थियो । एपिएफले थ्री स्टारले अवैधानिक खेलाडी मैदानमा छिराएको भनी एन्फामा उजुरी राखेको थियो । सो खेलमा जावलाखेललाई विजेता घोषित गरियोस् भनी एपिएफले उजुरी गरेको हो । थ्री स्टारले र जावलाखेललाई १–० ले हराएको थियो । यही नतिजाका कारण थ्री स्टारले ‘ए’ डिभिजनको हैसियत रक्षा गरेको थियो । थ्री स्टारको जितले एपिएफ पहिलोपटक ‘बी’ डिभिजनमा घटुवा भयो । 

गत २८ जेठमा ‘ए’ डिभिजन लिगमा थ्री स्टारले जावलाखेलविरुद्ध भिसा अवधि सकिएका अफ्रिकन खेलाडी अजायी र सेगुनलाई प्रतिस्पर्धा गराएको थियो, १५ पुसमा एपिएफको उजुरीको निर्णय गर्दै एन्फाले थ्री स्टारलाई दोषी ठहर गरेको हो 

एपिएफको माग एन्फाले कार्यान्वयन गर्दा एपिएफको ‘ए’ डिभिजन हैसियत जोगिन्छ । एन्फाको अनुशासन एन्फाका महासचिव किरण राईले १९ पुसमा एपिएफलाई पत्र लेख्दै कारबाहीको जानकारी गराएका थिए । ‘एन्फाको विधान तथा लिग नियमावलीको व्यवस्थाका आधारमा खेलाडीले आफ्नो दायित्व पूरा नगरी खेलमा सहभागी भएकाले निजहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना गराइएको जानकारी गराउँदछु,’ एन्फा महासचिव राईले एपिएफलाई लेखेको पत्रमा भनिएको छ, ‘साथै, विनाभिसा तथा विनाश्रम स्वीकृति खेलाडी सहभागी गराउने थ्री स्टार क्लबले पनि आफ्नो दायित्व पूरा नगरेको पाइएकाले क्लबलाई तीन लाख जरिवाना गराउने निर्णय भएको छ ।’ 

पूर्ण न्याय नपाएको एपिएफको दाबी
एपिएफ क्लबले आफ्नो उजुरीमाथि सम्बोधन हुनु सकारात्मक भए पनि पूर्ण न्याय नपाएको जनाएको छ । एपिएफका अनुसार अन्तर्राष्ट्रिय मान्यताअनुसार अवैधानिक खेलाडी खेलाएको पुष्टि हुनेबित्तिकै नियमविपरीत काम गर्ने टोली स्वतः ३–० ले पराजित हुने प्रावधान छ । तर, एन्फाले थ्री स्टारलाई जरिवाना मात्र गरी आफूलाई न्याय नगरेको एपिएफको भनाइ छ । 

‘लिग नियमावली मात्र होइन, फिफाको कोड अफ इथिक्समा पनि अवैधानिक खेलाडी खेलाउने टोली ३–० ले पराजित हुने प्रस्ट व्यवस्था छ । यही व्यवस्थाका आधारमा विश्वकप छनोटदेखि अन्तर्राष्ट्रिय खेल र विश्वका अन्य लिगमा कारबाही भएका उदाहरण छन्,’ एपिएफका एक पदाधिकारीले भने, ‘यहाँ थ्री स्टारले अवैधानिक खेलाडी खेलाएको हामीले प्रमाणसहित उजुरी गरेका थियौँ, एन्फा र अनुशासन समितिले पनि अवैधानिक खेलाडी खेलाएको निर्णय दिइसकेको छ, तर यस्तो अवस्थामा कारबाहीको निर्णयले आधा मात्र न्याय दिएको छ, हामीहरूको पूरै माग थ्री स्टारलाई ३–० को नतिजा सुनाउनुपर्छ ।’ एपिएफले न्यायका लागि फिफा, एएफसी, राष्ट्रिय खेलकुद परिषद्सँगै युवा तथा खेलकुद मन्त्रालयमा जाने तयारी गरेको छ ।