
सशस्त्र प्रहरी बल पर्साले पिकअप गाडीबाट एक सय ६८ किलो गाँजा बरामद गरेको छ। सीमा सुरक्षा गुल्म भिखमपुरको टोलीले वीरगन्जबाट ठोरीतर्फ गइरहेको बा.११च९६८६ नम्बरको पिकअप गाडीबाट गाँजा बरामद गरेको हो।
पिकअपमा फल्स बटम बनाई गाँजा लुकाएर राखिएको अवस्थामा १६ पोका फेला परेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रहरी उपरीक्षक किसन कर्माचार्यले जानकारी दिए।
गाडीबाट १६ वटा पोकाभित्र एक सय ६८ किलो गाँजा र ७८ हजार पाँच सय रुपैयाँसमेत बरामद भएको प्रहरी उपरीक्षक कर्माचार्यले बताए। चालक, सहचालक, पिकअप गाडी र रुपैयाँ थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको उनले बताए।