१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o९:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बन्धक बनाई १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:५१:oo

बलात्कारमा संलग्न चारजनालाई पक्राउ गरेकोमा दुईजना जेल चलान र दुईजना धरौटीमा छुटे

डेरामा पुर्‍याइदिने आश्वासनमा एक समूहले बालिकालाई गाडीमा राखी रिसोर्टमा पुर्‍याई बन्धक बनाएर बलात्कार गरेका छन् । घटनामा प्रहरीले चारजनालाई पक्राउ गरेकोमा दुईजना जेल चलान र दुईजना धरौटीमा छुटेका छन् ।

गत २१ मंसिरमा चुनिखेलस्थित होटेल फरेस्ट भ्यु रिसोर्टमा १६ वर्षीया बालिकामाथि बलात्कार भएको हो । प्रहरीले घटनामा संलग्न सिन्धुपाल्चोक घर भएका भीमसेनगोला बस्ने सुजन श्रेष्ठ, मूलपानीका रोमन श्रेष्ठ र रोहन श्रेष्ठ तथा चुनिखेलका राजेश श्रेष्ठलाई पक्राउ गरी शरीर बन्धक तथा जबर्जस्तीकरणी मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले सुजन र रोहनलाई थुनामा पठाएको छ । रोमन र राजेश धरौटीमा छुटेका छन् । जिल्ला न्यायाधीश दीनबन्धु बरालको इजलासले दुईजनालाई थुनामा पठाई दुईजनालाई धरौटीमा छाड्ने आदेश दिएका हुन् ।

ती बालिका साथीको जन्मदिन मनाउन सोह्रखुट्टेमा गएर फर्किने क्रममा  बलात्कारमा परेकी हुन् । फर्किने क्रममा सोह्रखुट्टे चोकमा पठाओ कुरिरहेका वेला उनीहरूले डेरामा पुर्‍याइदिने भन्दै गाडीमा राखेका थिए ।

सुरुमा बौद्ध पीपलबोटमा पुगेर उनी झरेकी थिइन् । तर, दिदीको फोन नउठेपछि सडकमा अलपत्र परेको अवस्थामा उनीहरू फेरि आई जबर्जस्ती गाडीमा राखेर रिसोर्टमा पुर्‍याएको पीडितको भनाइ छ । 

ad
ad