Skip This
उम्मेदवार चयनबारे केसीद्वयको फरक मत, संस्थागत निर्णयप्रति अविश्वास पैदा भएकाे टिप्पणी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २३ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष २३ सोमबार १७:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उम्मेदवार चयनबारे केसीद्वयको फरक मत, संस्थागत निर्णयप्रति अविश्वास पैदा भएकाे टिप्पणी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष २३ सोमबार १७:३३:oo

राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयन प्रक्रियाबारे नेपाली कांग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र बलबहादुर केसीले पनि पाँचबुँदे फरक मत राखेका छन्।

पार्टीमा उम्मेदवार चयनमा एकाधिपत्य र चरम एकपक्षीय कार्यशैली देखिएको भन्दै नेताद्वयले उम्मेदवार चयनको निर्णयमा असहमति राखेका हुन्।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार तय गर्नेबारे पुस १४ गतेको केन्द्रीय कार्यसमितिको निर्णय स्मरण गराउँदै उनीहरूले संस्थापन पक्षको कदमले पार्टीको संस्थागत निर्णयप्रति अविश्वास खडा गरेको टिप्पणी गरेका छन्। पुस १२ देखि बसेको केन्द्रीय कार्यसमिति बैठकले हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य र लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने मापदण्ड बनाए पनि त्यसको ठाडो उल्लंघन भएको लिखित फरक मतमा उल्लेख छ।

माघ ११ गते हुने निर्वाचनका लागि गठबन्धनबाट कांग्रेसको भागमा १० सिट परेको छ। संस्थापन इतरले त्यसमध्ये चार सिट दाबी गरे पनि सभापति शेरबहादुर देउवाले तीन सिट मात्रै दिएपछि नेताद्वयले फरक मत राखेका हुन्।

यसअघि महामन्त्रीद्वय गगन थापाविश्वप्रकाश शर्माले समेत देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै फरक मत प्रस्तुत गरेका थिए।

यस्ताे छ पाँचबुँदे फरक मत :